बलेरो दुर्घटनामा ४१ वर्षीय तामाङको मृत्यु
गोरखा । .गोरखा अजिरकोट गाउँपालिका वडा नम्बर १ ताराखोलास्थित कच्ची सडक खण्डमा एक जनाको मृत्यु भएको छ ।

राङरुङबाट स्थित कालिका हाइड्रोपावरतर्फ जाँदै गरेको कालिका हाइड्रोपावरको सामान बोकेको बा २० च ८२१० नं. को बलेरो सडकको बिच भागमा पल्टिँदा बलेरो चालक नुवाकोट विदुर न.पा. ६ का ४१ वर्षीय जै बहादुर तामाङको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्