तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन लक्षित बाँकेमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

बाँके।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा आजदेखि मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न प्रशासनले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाँके ले सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री, वितरण र सेवनमा निषेध गरिएको जनाएको छ। सूचनाअनुसार मतगणनाको अन्तिम परिणाम सार्वजनिक नभएसम्म प्रतिबन्ध कायम रहनेछ।

निर्वाचन सुरक्षा व्यवस्थासम्बन्धी निर्वाचन आयोग को निर्णयअनुसार मदिरा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिनुभयो।

प्रशासनले प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ। निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

निर्वाचन नजिकिँदै जाँदा जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउन सबै पक्षसँग सहयोगको अपिल गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button