तपाईँ सुन्दै हुनुहुन्छः

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौँ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्व समुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताउनुभएको छ ।

मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास: मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज यहाँ  आयोजित कार्यक्रममा उहाँले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिनुभयो । 

साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोगका खातिर आवश्यकमा रहेका समुदायलाई प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button