तपाईँ सुन्दै हुनुहुन्छः

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलवार मध्य प्रान्त इस्फहानको  फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।

दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको  मृत्यु भएको  इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

लगातारको प्रतिबन्ध खेप्दै आएको इरानले पछिल्लो समयमा धेरै वटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पार्टसहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । 

 यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकु जेट दुर्घटना ग्रस्त हुँदा  दुई जना पाइलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button