तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा ७ महिनामा ८ हजार ८ सय ५१ जनाले राहदानी लिए

पोखरा । कास्कीमा चालु आर्थिक वर्षको ७ महिनामा ८ हजार ८ सय ५१ जनाले राहदानी लिनु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट यस वर्षको साउन देखि माघसम्मको अवधिमा ७ हजार ८ सय ३३ जनाले राहदानी लिनको लागि दर्ता गरे पनि ८ हजार ८ सय ५१ जनाले राहदानी लिएको कार्यालयका नायव सुब्बा नवीन अधिकारीले बताउनु भयो । 

७ महिनाको अवधिमा राहदानी शुल्कबाट ४ करोड २५ लाख ३४ हजार ५ सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा कास्कीमा २१ हजार २ सय ५२ जनाले राहदानी लिनु भएको थियो । गत वर्ष उक्त राहदानी शुल्कबाट ९ करोड १९ लाख १५ हजार २ सय ५५ रुपैयाँ राजश्व सङ्कलन भएको नायव सुब्बा अधिकारीले जनाउनु भयो । 

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कास्कीबाट २१ हजार ५ सय ३३ जनाले राहदानी लिनु भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । राहदानी शुल्कबाट १० करोड ५६ लाख ८६ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

कास्की जिल्लाबाट भारतदेखि अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, हङकङ, युरोप लगायतका देशमा रोजगार देखि विभिन्न ढङ्गले विदेश जाने क्रम पछिल्लो समयमा बढी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चिताङग्त बरालले बताउनु भयो । राहदानी बनाउदा तथा नवीकरण गर्दा ५ हजार र समय अवधि भएको अवस्थामा हराएको तथा च्यातिएको अवस्थामा राहदानी बनाउदा भने १० हजार शुल्क लाग्ने गर्दछ भने नाबालकको हकमा २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने गर्दछ । 

गत वर्ष २१ हजार ८ सय ९२ जनाले राहदानी लिनको लागि फम भर्नु भएको (इन्रोल) गर्नु भएको थियो भने अघिल्लो वर्ष १९ हजार ३ सय ३२ जनाले राहदानीको लागि फम भर्नु भएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button