तपाईँ सुन्दै हुनुहुन्छः

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ लोकार्पण

दमक (झापा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ आज दमकमा लोकार्पण गरिएको छ । 

शाक्यले लेख्नुभएका जीवनका अनुभवहरू समेटिएको सङ्ग्रहको नवसंस्करण एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारीलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो । 

कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमाथि चर्चा गर्दै सहभागी वक्ताहरूले एमाले अध्यक्ष ओली दम्पतीको जीवन गाथा प्रेरणादायक भएको बताए ।

कार्यक्रममा लेखिका शाक्यले विभिन्न रोचक र भावुक क्षणहरू सुनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button