तपाईँ सुन्दै हुनुहुन्छः

हेलिकोप्टरबाट पानी हालेर निभाइयो तारेभीरको डढेलो 

काठमाडौँ । काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–३ तारेभीरमा लागेको डढेलो निभाउन सिम्रिक एअरको हेलिकोप्टरबाट पानी खन्याइएको छ।

आइतबार बिहानबाट लागेको आगो नजिकको बस्तीमा फैलन लागेपछि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा सिम्रिक एअरले’बम्बी बकेट’ बाट पानी खन्याएको हो।    

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले डढेलो निभाउन १२ हजार लिटर पानी खन्याइएको जानकारी दिनुभयो। डढेलो निभाउन सुन्दरीजलस्थित केयुकेएलको प्रशोधन केन्द्र र तारेभीरमा रहेको एक रिसोर्टको पौडी पोखरीबाट पानी ओसारिएको हो । 

डढेलो लागेको खबर प्राप्त हुनसाथ नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले जङ्गलमा आगो निभाउन प्रयास गरे पनि डढेलो नियन्त्रणमा नआएपश्चात् अपराह्न ४ः०० बजे हेलिकोप्टरबाट पानी हाल्न थालिएको थियो। डढेलो साँझ ६ बजे नियन्त्रणमा आएको छ।

विपद्मा सहयोग गर्ने कम्पनीको नीतिअनुसार यसअघि विभिन्न जङ्गल तथा औद्योगिक क्षेत्रमा लागेको आगो निभाइएको पनि जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button