तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा लुम्बिनीको दर्शन

काठमाडौँ । निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी पुग्नुभएकी सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको दर्शन गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गर्नुभयो । आज बिहान उहाँले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरू तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिनुभएको थियो । त्यसलगत्तै उहाँ लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गर्नुभएको हो । त्यस क्रममा उहाँले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो । 

प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button