तपाईँ सुन्दै हुनुहुन्छः

धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई

धरान (सुनसरी) । धरानमा सम्पन्न १४औँ धरान १० के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पार्नुभएको छ ।

धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको हो । उहाँहरूलाई नगद रु।६० हजार पुरस्कार प्रदान गरिएको छ । 

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गर्नुभयो । उहाँहरूलाई पुरस्कार स्वरूप नगद रु.४० हजार प्रदान गरिएको छ । 

त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरूलाई रु।३० हजार प्रदान गरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button