तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवारहरू घरदैलौमै व्यस्त

डडेल्धुरा। प्रतिनिधिसभा निर्वाचन आउन अव १२ दिन मात्र बाँकी छ। २१ फागुनमा हुने निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी आमसभा भन्दा पनि घरदैलो र भेटघाटमै व्यस्त छन् ।

 यसैबिच डडेल्धुरामा नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । २०४८ यताका सबै प्रतिनिधि सभा चुनाव जितेको काँग्रेसले जिल्लाका सबैभन्दा बढी अर्थात् ६ हजार क्रियाशील सदस्य रहेकोमा पहिलो हुने दाबी गरेको छ  । काँग्रेसबाट अहिले पार्टीका पूर्व सदस्य नैन सिंह महर चुनाव लडिरहनु भएको छ ।

रास्वपाले पनि देशभरको जनलहरलाई आधार मनाउँदै यस पूर्व २०७९को प्रदेश सभा “ख ”बाट निर्वाचन जितेका डा. ताराप्रसाद जोशी अहिले रास्वपाका उम्मेदवार रहेकोमा जित्ने दाबी रास्वपाको छ । 

२०६४ को पहिलो संविधानसभा निर्वाचन पछि लगातार काँग्रेस पछिको दोस्रो पार्टीका रूपमा रहेका पूर्व माओवादीको दाबी यस पटक नेकपामा समायोजन हुँदा र अहिले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नहुँदा चुनाव जित्ने दाबी गरेको छ। पूर्व माओवादी समेत रहेका नेकपाबाट मानसिंह माल अहिले चुनाव लडिरहनु भएको छ ।

 जिल्लामा भने एमालेमा सङ्गठित सदस्य सङ्ख्या न्यून रहेको तथा पछिल्ला निर्वाचनमा कुनै पनि स्थानीय तह र प्रदेशमा प्रमुख पदमा नजितेकोले त्रिपक्षीय भिडन्त हुने आङ्कलन धेरैको छ ।

पार्टीले भने पूर्व राष्ट्रियसभा सदस्य भएका चक्रप्रसाद स्नेहीलाई अघि सारेकोमा प्रतिस्पर्धामा आउने एमालेको दाबी छ । 

डडेल्धुरामा अहिलेको निर्वाचनमा काँग्रेसका महर, नेकपाका  माल, र एमालेका स्नेही प्रदेशसभा “क” का स्थानीय हुन भने अर्का प्रतिस्पर्धी रास्वपाका जोशी प्रदेश सभा “ख” का स्थानीय हुन । यद्यपि केही मतहरू भौगोलिक रूपमा विभाजन हुन्छनकि भन्ने आशङ्का पनि छ । 

यदि प्रदेशसभा “क” मा स्थानीयको हिसाबमा मत विभाजन भएमा प्रदेशसभा “ख” लेनै निर्णायक मत प्रदान गर्न सक्ने आङ्कलन धेरैको छ । 

एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा तीन स्वतन्त्र र दलका तर्फबाट १० गरी १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १०४ मतदानस्थल र १४१ मतदान केन्द्रबाट ९३ हजार ४०३ मतदाताहरूले मतदान गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button