तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार आज शुक्रवार दिउँसो खाना खान घर गएको समयमा उनी घरमै अचेत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली पुगेको थियो । अचेत अवस्थामै उनलाई जिल्ला अस्पताल बैतडी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार शव जिल्ला अस्पतालमा राखिएको छ भने पोस्टमार्टम भोलि मात्रै गरिनेछ । सदरमुकाम नजिकै घर भएका बड निर्वाचन ड्युटी सकेपछि घरमै खाना खान जाने गर्दथे ।

यसअघि पनि दशरथचन्द नगरपालिका–४ कै अर्का एक जना निर्वाचन प्रहरीको तालिमका क्रममा घर जाने बेला भीरबाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button