तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवद्वारा राससको समाचार कक्ष अवलोकन

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय समाचार सङ्कलन तथा सम्पादन कक्ष अवलोकन गर्नुभएको छ ।

राससको ६५औँ वार्षिकोत्सव मूल समारोहका प्रमुख अतिथि यादवले कार्यक्रम सम्पन्न भएपछि केन्द्रीय कार्यालयको अवलोकन गर्नुभएको हो । उहाँले ती कक्षमा समाचारदाता, सम्पादक र प्राविधिकहरूबाट सम्पादन भइरहेका कामको जानकारी लिनुभयो । उपराष्ट्रपति यादवलाई सम्बन्धित विभागीय प्रमुखले आफ्ना कार्य विवरणबारे अवगत गराउनुभएको थियो । उपराष्ट्रपति यादवलाई राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सन्दीप राईले तथा सञ्चालक सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

विसं २०१८ फागुन ७ गते स्थापित राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय, फोटो, श्रव्यदृष्य, मातृभाषालगायत सेवा प्रवाह गर्दै आएको छ । हाल नेपाली समाचारमा यसको चौबिसै घण्टा सेवा सञ्चालित छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button