काँग्रेसको लक्ष्य: भ्रष्टाचारमुक्त र नागरिकमुखी शासन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस संवैधानिक निकाय सहित राज्यका निकायहरूमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने प्रवृत्तिको विपक्षमा उभिने बताउनुभएको छ ।
काँग्रेसले हिजो सार्वजनिक गरेको चुनावी प्रतिज्ञा पत्रबारे आज काठमाडौँमा गरेको प्रश्नोत्तर कार्यक्रम सभापति थापाले अबको काँग्रेसले कुनै पनि नियुक्तिमा भाग नखोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभापति थापाले संवैधानिक आयोग, विश्वविद्यालय लगायतका राज्यका निकायमा दल निकटका व्यक्ति भन्दा अब्बल व्यक्तिहरू नियुक्ति सुनिश्चित गरी संस्थागत सुधारका लागि काँग्रेसले स्पष्ट अडान लिने बताउनुभयो ।
विगत लामो समयदेखि सरकार र राज्यको माथिल्लो निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना रहेको उल्लेख गर्नुहुँदै सभापति थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउने लक्ष्यका साथ काम गर्ने बताएका छन् ।
सभापति थापाले अब कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित सेवा बनाउनुपर्ने उल्लेख गर्नुहुँदै त्यसका लागि सबै राजनीतिक दल र राज्यका निकायहरू मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत सेवामा समयानुकूल परिमार्जन गरी नागरिकको जीवनस्तर सुधारका लागि कानूनी तथा संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्नुहुँदै सभापति थापाले त्यसको पहिचान र तयारीका साथ नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्र ल्याएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्