अध्यक्ष कप क्रिकेटमा बुढियागाँउ पठान पल्टन विजयी
बाँके। बाँकेको जानकी गाउँपालिका–५ मा आयोजित ‘अध्यक्ष कप क्रिकेट प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ।
जानकी स्पोर्ट्स युवा क्लब को आयोजना तथा वडा नं. ५ को सहयोगमा भएको प्रतियोगितामा बुढियागाँउ पठान पल्टन ले करेन्ट युवा क्लब लाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। आयोजकका अनुसार लेजेन्ट युवा क्लब दोस्रो स्थानमा रह्यो।
उपाधि विजेता टोलीका क्याप्टेन शेर खान लाई नगद ३२ हजार रुपैयाँ र मेडल प्रदान गरिएको थियो। पुरस्कार वितरण गर्दै वडा अध्यक्ष टिका नाथ यादव ले युवालाई खेलकुदतर्फ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने बताउनुभयो।
कार्यपालिका सदस्य अजमत अली ले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ डोर्याउने धारणा राख्नुभयो।
त्यसैगरी कान्य आधारभूत विद्यालय की प्रधानाध्यापक मालती शाही ले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। प्रतियोगितामा ६ वटा समूहको सहभागिता रहेको थियो।







प्रतिक्रिया राख्नुहोस्