तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारको खाँचो : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा चिकित्सकहरूको कमी नभए पनि मधेशको स्वास्थ्य क्षेत्रको अवस्था राम्रो नहुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।

प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ वार्षिकोत्सवको आज प्रतिष्ठानको जनकपुरधामको मुजेलिया स्थित भवनमा उद्घाटन गर्दै उहाँले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच वर्षको अवधिमा शैक्षिक क्षेत्र गरेको योगदानको सराहना गर्दै अगामी दिनमा प्रतिष्ठानले प्रादेशिक अस्पतालहरूको स्वास्थ्य सेवामा सुधार गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री यादवले प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्यको गुणस्तरमा सुधारका लागि सबै प्रकारको सहयोग गर्न तयार भएको बताउनुभयो । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जंगीलाल रायले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभयो ।

मुख्यमन्त्री यादवले सो अवसरमा प्रतिष्ठानले प्रकाशित गरेको कोशिश मुखपत्रको लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button