तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ I आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ८६० मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button