पिण्डेश्वर बाबाधाममा महाशिवरात्रि मनाउन भक्तजनहरूको भिड

सुनसरी । सुनसरीको धरान स्थित पिण्डेश्वर बाबाधाम परिसरमा महाशिवरात्रि मनाउन भक्तजनहरूको उल्लेखनीय उपस्थिति बढेको छ ।
छिमेकी मुलुक भारतबाट पनि पिण्डेश्वर मन्दिरमा महाशिवरात्रि मनाउन भक्तजन आइरहेको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालिले जानकारी दिए । उनका अनुसार लघुरुद्री पूजा पनि हुनेछ भने साँझ ५ बजे शिवको धुनी पनि बालिनेछ ।
पिण्डेश्वर बाबाधाम समितिले महाशिवरात्रिको अवसरमा हलुवा र मालपुवा प्रसादको रुपमा प्रत्येक बर्ष वितरण गर्दै आइरहेको र यसबर्ष पनि निरन्तरता दिएको बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । मन्दिर परिसरमा आज व्रतबन्ध गर्नै र विवाह गर्नेको सङ्ख्या पनि उतिकै रहेको छ ।
व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
देवाशुर सङ्ग्रामको वेलामा समुन्द्र मन्थन गर्दा निस्किएको अमृतबाट वनेको पिण्डमा महादेव अवस्थित हुनु भएकोले त्यही अमृत पिण्ड पिण्डेश्वर महादेवको रुपमा प्रतिस्थापित हुनु भयो भन्ने किमदंति अनुसार यस धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर बाबाधाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । यहाँ सप्तकोशी नदी बाट ल्याएको जल चढाउँदा आफूले मनमा चिताएको पुरा हुने जनमानसमा जनविश्वास रहेको छ ।
नेपालका विभिन्न ठाउँ लगायत भारतको विहार, पश्चिमवंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्थानबाट भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधाम समितिले जनाएको छ ।
बिहान देखिनै सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरान बाट प्रहरी परिचालित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्