महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपतिमा शोभा यात्रा

काठमाडौँ । महाशिवरात्रिको पूर्व सन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभा यात्रा आयोजना गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभा यात्रा गरिएको हो ।
शोभा यात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधु सन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा धामी झाँक्रीको पनि सहभागिता थियो ।
महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्न सक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्