तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई निकास दिने प्रमुख माध्यम निर्वाचन : सभापति लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकास दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताउनुभएको छ । आज यहाँका मतदातालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिनुभयो ।

सभापति लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएकाले सक्षम र नेतृत्व लिनसक्ने व्यक्ति र दल छनोट गर्न आम मतदातालाई आग्रह गर्नुभयो । चुनावी प्रचारका लागि भेटघाट गर्दै उहाँ आज रिडी हुँदै तम्घास आउनुभएको हो ।

लामिछानेले आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन नागरिकलाई आग्रह गर्नुभयो । उहाँले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राख्नुभयो । उहाँले सदरमुकाम तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । 

रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन् । जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता  छन् । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button