प्लानिङ व्वाइज यूनाइटेड क्लब आहा ! रारा पोखरा गोल्डकपको क्वाटर फाइनलमा
पोखरा । प्लानिङ व्वाइज यूनाइटेड क्लब २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा भएको अन्तिम प्रि—क्वाटर फाइनल खेलमा प्लानिङ व्वाइजले फ्रेन्ड्स क्लबलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

प्लानिङ व्वाइजको जितमा एलेक्स बिलियनले एक र पापा अवि केवेले ह्याट्रिक पूरा गर्नुभयो । खेलको २४ औँ मिनेटमा एलेक्सले गोल गरी टिमलाई अग्रता दिलाउनुभयो । केवेले खेलको ४५, ५४ र ८१ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्नुभयो । आजको खेलमा प्लानिङ व्वाइजका केवे म्यान अफ दी म्याच घोषित हुनुभयो ।
फ्रेन्ड्स क्लबले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पहिलो चरणको खेलबाटै बाहिरिनुपर्यो । प्लानिङ व्वाइजले अन्तिम क्वाटर फाइनल खेलमा पाहुना टोली आवा फुटबल क्लबसँग खेल्ने छ ।
शनिबार पहिलो क्वाटर फाइनल खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबिच दिउसो ३ः०० बजे हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्