तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्षतर्फ १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाई कार्य सम्पन्न 

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ हालसम्म १ सय २४ निर्वाचन क्षेत्रका कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

५८ जिल्लाको लागि छपाइ सम्पन्न भई प्याकिङ समेत भइसकेको  आयोगका सहायक प्रवक्ता कुल बहादुर जि.सी.ले जानकारी दिनुभयो।

आज बिहानसम्म मनाङ,रामेछप सिन्धुली,रसुवा र सिन्धुपाल्चोक गरी ५ जिल्लाको लागि मतपत्र छपाइ सम्पन्न भएको सहायक प्रवक्ता जि.सी.ले जानकारी दिनुभयो ।

यसअघि हिजोसम्म ५३ जिल्लाको लागि छपाई र प्याकिङ सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button