राष्ट्रियसभा बैठक: पदावधि सकिने सांसदहरूको सम्बोधन
काठमाडौँ। आजको राष्ट्रियसभाको बैठकमा ६ वर्षे समयावधि पूरा गरेर फागुन २० गतेदेखि बिदाइ हुन लाग्नुभएका सांसदहरूले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको छ ।
बैठकमा सांसदहरू देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, गंगाकमारी वेलवासे र गोपाल भट्टराइले राष्ट्रियसभालाई प्रभावकारी बनाउन राजनीतिक भाषणहरू कम गर्दै शिक्षा, स्वास्थ्य, विकास, कृषि, औद्योगिक नीतिहरूका सम्बन्धमा गहिरो अध्ययन गरी विश्लेषणात्मक विचार प्रस्तुत गर्दा प्रभावकारी हुने बताउनुभयो ।
मुलुक निर्माणको लागि बहस र नीति निर्माणको लागि दिशा निर्देश गर्ने आधिकारिक थलो राष्ट्रियसभा भएकाले त्यहाँ आएका विचारहरू जनताको विचार हुने हुँदा समयको सही सदुपयोग गर्नुपर्ने विचार उहाँहरूले व्यक्त गर्नुभयो ।
सरकारले आवश्यक ठानेर सभामा प्रस्तुत गरेको विधेयक समयमै खोजी गर्न सुझाव दिँदै सङ्घीयता कार्यान्वयनका लागि बन्नुपर्ने कानुन निर्माणलाई प्राथमिकतामा दिन सभासमक्ष आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्