पूर्व धावक हरिबहादुर रोकाया सम्मानित
काठमाडौँ । प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई आज सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।
एभरेष्ट म्याराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व दुई ओलम्पिक, एसियाली खेलकुद, चार दक्षिण एसियाली खेलकुद लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् ।
सोही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकारसमेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रङ्गशालामा आयोजित एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्