तपाईँ सुन्दै हुनुहुन्छः

आईसीसीटी–२० विश्वकप को डेब्यु खेलमा इटाली पराजित

काठमाडौँ । आईसीसीटी–२० विश्वकप को डेब्यु खेलमै इटाली पराजित भएको छ ।

सोमबार सम्पन्न समूह ‘सी’ को पहिलो खेलमा स्कटल्यान्डसँग इटाली ७३ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटालीले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

जितसँगै २ खेलबाट २ अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको थियो ।

इटालीका बेन मानेन्तीले सर्वाधिक ५२ रन बनाए भने ह्यारी मानेन्तीले ३७ रनको योगदान दिए । जेजे स्मट्सले २२ रन जोडे । तर, अन्य ब्याटर लामो समय टिक्न सकेनन् । स्कटल्यान्डका माइकल लिस्कले ४ विकेट लिए भने मार्क वाटले २ विकेट राखे ।

ब्राड कर्री, ओलिभर डेभिडसन र ब्राड ह्विलले समान १ विकेट लिए । नेपालले अब फेब्रुअरी १२ मा इटालीसँग खेल्नेछ । 

दुई पटकको च्याम्पियन इङ्ल्यान्डविरुद्ध टी २० विश्वकपमा साहसिक प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) क्लबहरूले नेपाली खेलाडीको प्रशंसा गरेका छन् ।

आइतबार मुम्बईस्थित वानखेडे रङ्गशालामा नेपाल इङ्गल्यान्ड ४ रनले पराजित भएको थियो । अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा नेपालले मात्र ५ रन जोडेको थियो ।

टेष्ट राष्ट्रविरुद्ध एसोसिएट राष्ट्रका खेलाडीको बहादुरीपूर्ण प्रदर्शन गरेकोमा  आइपिएल टिमहरूले प्रशंसा गरेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button