८८ निर्वाचन क्षेत्रको लागि कूल १ करोड ९ लाख ६३ हजार मतपत्र छपाई सम्पन्न
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ हालसम्म ८८ निर्वाचन क्षेत्रको लागि कूल १ करोड ९ लाख ६३ हजार मतपत्र छपाई सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

३७ जिल्लाको लागि भने छपाई सम्पन्न भई प्याकिङ समेत भइसकेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो ।
आज गोरखा, म्याग्दी, पर्वत र नवलपरासी सुस्ता पश्चिमको लागि छपाई सम्पन्न भएको सहायक प्रवक्ता जिसीले बताउनुभयो ।
यसअघि हिजो झापा जिल्लाको लागि मतपत्र छपाई सम्पन्न भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्