मुगु–कालिकोट कर्णाली राजमार्ग सुधारको काम अघि बढ्यो

मुगु । कर्णाली राजमार्गमा सडक सुधारको काम निरन्तर अगाडि बढिरहेको छ। पहिलो चरणमा वर्षौँदेखि राजमार्गमा अवरोध सिर्जना गर्दै आएका ठूला र भीमकाय ढुङ्गाहरू हटाउने कार्य सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले सडकको सौन्दर्य र सुरक्षित आवागमनको दृष्टिले यो कार्य महत्त्वपूर्ण भएको जानकारी दिनुभयो।

सडक सुधारले सवारी सहजता बढाउने र दुर्घटना जोखिम कम गर्ने अपेक्षा गरिएको छ। हाल मुगुको गमगढीदेखि कालिकोटको नाक्मसम्म सडक सुधारको काम भइरहेको छ।
हिमपातका कारण केही दिन रोकिएको काम अहिले मौसम सुधारसँगै पुनः जारी भएको छ।









प्रतिक्रिया राख्नुहोस्