बैतडी बस दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई प्रदेश सरकारले जनही एक लाख उपलब्ध गराउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडी बस दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरूप जनही एक लाख उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले बस दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनलाई मानवीय सहायताका रुपमा जनही एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै बस दुर्घटनाका घाइतेहरूको उपचारमा लाग्ने खर्च प्रदेश सरकारले ब्यहोर्ने जनाएको छ । सरकारले बैतडी बस दुर्घटनामा भएको जनधनको क्षतिप्रति गहिरो दुख ब्यक्त गरेको छ । बिहीबार बैतडीको पुर्चौडी स्थित बडगाउमा जन्ती सवार बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने अन्य तीन दर्जन घाइते भएका छन् ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्