न्यायमा विश्वास र भरोसा अनिवार्य: प्रधानन्यायाधीश राउत

बैतडी। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादन गर्दा आम नागरिकको विश्वास र भरोसा जित्नुपर्ने बताउनुभयो ।

जिल्ला अदालत बैतडीको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रधानन्यायाधीश रावतले उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमा न्याय सेवा सरल र कम खर्चिलो हुने बताउनुभएको हो ।

उच्च अदालत दिपायलका कायम कायममुकायम मुख्य न्यायाधीश दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बोल्नुहुँदै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले न्याय सुधारको पाँचौँ योजना अनुरूप भौतिक साधन र स्रोत बढाउँदै न्याय सेवालाई छिटो र सजिलो बनाउन सर्वोच्च अदालत लागिपरेको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डे, मुख्य रजिस्ट्रार बिमल पौडेल, उच्च अदालत दिपायल महेन्द्र नगर इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधान, न्यायाधीश विनोद शर्मा, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका जिल्ला न्यायाधीशहरू, जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरू र कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्