वीरगंज–रक्सौल नाकामा ठूलो परिमाणको गाँजा बरामद
वीरगंज। वीरगंजको आईसीपी भन्सार नाका हुँदै हुँदै भारततर्फ जाँदै गरेको एक भारतीय नम्बरको ट्रकबाट सीमावर्ती रक्सौलको हरैया प्रहरीले ४ सय २२ किलो १९६ ग्राम गाँजा बरामद गरेको छ ।
भारतीय प्रहरीका अनुसार उक्त ट्रक नेपालबाट आइसिपीको बाटो हुँदै रक्सौलतर्फ गएर ओभरब्रिजनजीक पार्क गरेर राखिएको थियो । गोप्य सूचनाका आधारमा ट्रकको खानतलासी गर्दा ट्रकभित्र बनाइएको फ्लस बटममा लुकाएर राखिएको २९ पोकामा ४ क्विन्टल २२ किलो १९६ ग्राम गाँजा फेला परेको हो ।
घटनास्थलबाट प्रहरीलाई झुक्क्याएर भाग्ने प्रयास गरेका ट्रक चालकलाई पनि पक्राउ गरिएको रक्सौल प्रहरीले जनाएको छ ।

रक्सौलका डिएसपी मनीष आनन्दले पक्राउ परेका चालक सञ्जयकुमार साह नेपालको बारा जिल्ला कलैया उपमहानगरपालिका नौवतनका बासिन्दा रहेको जानकारी दिनुभयो ।
यसरी ठुलो मात्रामा वीरगंजको आईसीपी भन्सार नाका हुँदै हुँदै भारततर्फ जाँदै गरेको लागूऔषध गाँजा बरामद हुनुले निर्वाचनको बेला नेपालको सुरक्षा व्यवस्थालाई थप चुनौतीपूर्ण बनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्