तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । 

जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनामा भएको हो ।

पवनदुत यातायातको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।

“दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ, हाताहातीको विवरण आएको छैन,” डिएसपी रायले भन्नुभयो । 

बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ । उद्धारमा खटिएका स्थानीयहरूका अनुसार ठुलै हाताहाती भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button