लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिल कुमार सिन्हाको अध्यक्षतामा आज बसेको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार–प्रसारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आगामी वैशाख १६ र १७ गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
यसअघि भएको पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको लुम्बिनी विकास कोषले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्