तपाईँ सुन्दै हुनुहुन्छः

देशमा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण अझै बन्न सकेन : प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले देशमा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बन्न नसकेको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले हाल निर्वाचनको प्रचारप्रसारलाई लिएर नयाँ र पुरानोको नाममा द्धयेष र आक्रोशपूर्ण वातावरण सिर्जना गर्ने काम भइरहेको जिकिर गर्नुभयो ।

नेपाली काँग्रेसले यस निर्वाचनमा कुनै गठबन्धन नगर्ने उल्लेख गर्नुहुँदै प्रवक्ता चालिसेले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा भ्रामक तथा प्रचारबाजी अभिव्यक्तिले जनतामा भ्रम पैदा गरेको बताउनुभयो ।

प्रवक्ता चालिसेले बालबालिकालाई राजनीतिक प्रभावमा पारी आफ्ना अभिभावकहरूलाई चुनावी चिन्ह र व्यक्तिको प्रचार गर्न लगाउने, विपरीत राजनीतिक दल तथा नेतृत्वलाई घृणापूर्ण टिप्पणी दिन लगाउने जस्ता अराजनीतिक गतिविधिले स्वस्थ राजनीतिक वातावरण बिथोलिन सक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button