तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्युतीय सरकारमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण’

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विद्युतीय सरकार(e-Government)को अवधारणा कार्यान्वयनमा नेपाल टेलिकमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले  २२ औँ वार्षिकोत्सवका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजना गरेको समारोहमा गृहमन्त्री अर्यालले प्राकृतिक विपद्का सूचना समयमै सर्वसाधारणमा पुर्‍याउन टेलिकमले  देखाएको तदारुकताको  प्रशंसा गर्नुभयो । 

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले टेलिमेडिसिन, टेलि- एजुकेशनलगायतका सेवा  दूर दराजमा  विस्तार सरकार  प्राथमिकताका साथ लागि परेको  बताउनुभयो । 

समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले टेलिफोन सेवा विस्तार, गुणस्तर वृद्धि र सबैको पहुँचका लागि कम्पनीले निरन्तर काम गर्दै आएको  जानकारी दिनुभयो । 

वार्षिकोत्सवका अवसरमा कम्पनीले कर्मचारीहरूलाई दीर्घ सेवा पदक र सम्मान गर्नुका साथै उत्कृष्ट सेवा दिने कार्यालयहरूलाई पुरस्कृत समेत गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button