तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलवारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  रु तीन लाख चार हजार ७०० र  त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको छ ।  मङ्गलवार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button