तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेललाई आज यहाँ गार्ड अफ अनर प्रदान गरिएको छ । जापानको चार दिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो ।  

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार त्यहाँ पुग्नुभएको थियो । 

उहाँले भ्रमणका क्रममा जापानका सम्राट् नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button