तपाईँ सुन्दै हुनुहुन्छः

नारदमुनि थुलुङ गोल्डकप : साल्हेश युवा क्लब सिराहा फाइनलमा 

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ११औँ  संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लब सिराहाले विभागीय टोली एपीएफ काठमाडौँलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

मङ्गलवार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साल्हेश युवा क्लबले एपीएफलाई १–० गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफको २६औँ मिनेटमा साल्हेश युवा क्लबका जर्सी नम्बर १० का बिकि चाम्लिङ राईले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

खेलभरि विभागीय टोली एपीएफले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा पराजय बेहोर्नुपर्‍यो । साल्हेश युवा क्लबको सुदृढ रक्षा पङ्क्तिले एपीएफका आक्रमणलाई सफलतापूर्वक रोक्न सफल रह्यो ।

उत्कृष्ट प्रदर्शन गरेका गोलकर्ता बिकि चाम्लिङ राई ‘म्यान अफ द म्याच’ घोषित भए 

अब फाइनल खेलमा साल्हेश युवा क्लब सिराहाले माघ २२ गते बिहीबार द योङ ब्रदर इटहरी, सुनसरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बसाहा क्लबका सचिव दिपेन्द्र लामाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button