तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा १ हजार ८ सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बाजुरा। बाजुरामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप १ हजार ८ सय ६ जना किशोरीलाई लगाइने भएको छ । 

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभर यहीँ माघ २७ गतेदेखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा एचपिभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लालबहादुर खड्काका अनुसार यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत १ हजार ७सय८१ जना र गत वर्ष छुटेका २५ जना गरी कुल १ हजार ८ सय ६ जना किशोरीलाई एचपिभी खोप दिइनेछ । गत वर्ष जिल्लामा अभियानका रूपमा ७ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइएको थियो भने यस वर्ष नियमित खोप अन्तर्गत कक्षा ६ का किशोरी र छुटेका किशोरीलाई मात्र खोप दिइनेछ ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 29;

जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ भने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ । खोप अभियान गौमुल गाउँपालिका तथा बुढीगंगा र त्रिवेणी नगरपालिकामा माघ २७ गते, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा माघ २८ गतेदेखि तथा हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि सञ्चालन हुने निमित्त प्रमुख खड्काले जानकारी दिनुभयो।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको हो । गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले एचपिभी खोप लगाएको तथ्यांक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button