तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्षतर्फ हालसम्म कूल २५ जिल्लाको मतपत्र छपाई सम्पन्न 

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ हालसम्म कूल २५ जिल्लाको लागि मतपत्र छपाई कार्य भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्ष तर्फ सुदूरपश्चिमका तीन र कर्णालीका ८ गरी ११ जिल्लाको मतपत्र छपाई सम्पन्न भई ढुवानीका लागि समेत तयार गरिसकिएको छ ।

सुदूरपश्चिम प्रदेशका बाजुरा,अछाम र डोटी त्यस्तै कर्णाली प्रदेश अन्तर्गतका दैलेख, जाजरकोट,कालीकोट,जुम्ला,हुम्ला,मुगु,डोल्पा,र रुकुम पश्चिमको लागि मतपत्र छपाई कार्य सम्पन्न भई ढुवानीका लागि तयार गरिसकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हालसम्म करिब ३० लाख मतपत्र छपाई कार्य सम्पन्न भइसकेको छ ।जसमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङ भइसकेको निर्वाचन आयोगले जनाएको छ  

प्रतिक्रिया राख्नुहोस्

Back to top button