तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि राजनीतिक स्थिरता जरुरी : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकार सुशासन, विकास तथा सामाजिक न्यायका लागि दृढता पूर्वक अगाडी बढेको बताउनुभएको छ ।

मधेश प्रदेश सभाको छैटौँ अधिवेशनको १२ औँ बैठकमा शुभकामना दिनुहुँदै उहाँले लोकतान्त्रिक मूल्य मान्यताको आधारमा सङ्घीयतालाई बलियो बनाउनका लागि मधेश प्रदेशलाई सक्षम र सबल बनाउन जरुरी रहेको बताउनुभयो । 

मुख्यमन्त्री यादवले वर्तमान सरकार सकारात्मक आलोचनालाई आत्मसात गर्दै सुधार गरेर अगाडी बढ्ने पक्षमा रहेको बताउँदै सकारात्मक आलोचना गर्नका लागि आग्रह पनि गर्नुभयो । बैठकको विशेष समयमा प्रदेश सभाका सदस्यहरुले प्रदेशका विभिन्न विषयमा प्रदेश तथा संघ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसरी धारणा राख्नेहरूमा नेपाल संघीय समाजवादी पार्टीका विला अन्सारी तरन्नुम, लोसपाका उपेन्द्र महतो, नेपाली काँग्रेसका जीवछी यादव, नेकपा माओवादी केन्द्रका रजि हैदर लगायत हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button