मधेश प्रदेश सभा : सभामुखद्वारा बैठकको सुरुवाती सञ्चालन मैथिलीमा
जनकपुरधाम । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठकको सञ्चालन मैथिली भाषाबाट गर्नुभएको छ ।

मधेश प्रदेश सभा स्थापना भएको करिब ८ वर्ष पुग्न लाग्दा पहिलो पटक सभामुख यादवले मैथिली भाषामा सभाको सुरुवाती बैठकको कार्य सञ्चालन तथा प्रदेश सभा र आफ्ना उद्देश्यबारे बताउनुभयो ।
बैठकको दोस्रो चरणमा उहाँले सभा सञ्चालन नेपाली भाषामा गर्नुभएको थियो । मधेश प्रदेश सभाले प्रदेशको कामकाजी भाषा नतोकिएकाले आफूले पहिलो चरणमा मातृ भाषामै र त्यसपछि नेपाली भाषामा बैठक सञ्चालन गरेको उहाँले बताउनुभयो ।
मधेश प्रदेशको कामकाजी भाषा निर्धारण नभएकाले पहिलो बैठकमा नै भाषाको विवाद नआओस् भन्नका लागि त्यसो गरिएको उहाँको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्