तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन: महासचिव पोखरेल

काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने बताउनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा महासचिव पोखरेलले नेपाली समाजको चरित्र कुनै पुस्ताका नाममा विभाजन नभई मिलनसारिता तथा संवाद भएकाले त्यसलाई बुझेर मतदातालाई विकास र समृद्धिमा जोड्न सक्नुपर्ने बताउनुभयो । 

महासचिव पोखरेलले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास तथा नीतिगत बहसका रूपमा लिनुपर्ने र नीतिका आधारमा एमाले पहिलो नम्बरमा आउने अपेक्षा गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button