राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.भण्डारीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्रा.डा.सङ्गीता सिंह भण्डारी र मेसिन आपूर्तिकर्ता कम्पनी ’हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालक समेत गरी २० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई ७ करोड ३१ लाख रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगले उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी ’हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकसमेत गरी २० प्रतिवादीहरूबाट बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया राख्नुहोस्