तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने

जनकपुर ।  मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गर्नुभएको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो । 

सूचनामा मधेस प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button