निर्वाचन आचारसंहिता पालना गरेर समाचार सम्प्रेषण गर्न सचिव बस्नेतको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालन गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।
प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सचिव बस्नेतले आम मतदातालाई महत्त्वपूर्ण सूचना दिन मिडियाको भूमिका उल्लेख्य रहने बताउँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सम्पूर्ण मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका सहायक प्रवक्ता कूलबहादुर सिजीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि मिडियाले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले निर्वाचन आचारसंहिता कार्यान्वयनको काउन्सिलले कडाइका साथ अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न अनलाइन माध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो ।

आजै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्नेतले सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा निरीक्षण गर्नुभयो ।
यस अवसरमा सचिव बस्नेतले भएका स्रोत र साधनको प्रयोग गरी प्रविधिमैत्री कार्यसम्पादनमा लाग्न दुवै निकायका पदाधिकारीलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्