तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका १ हजार २ सय ४६ मतदान स्थल अति–संवेदनशील

जनकपुरधाम । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा मधेश प्रदेशका १ हजार २ सय ४६ मतदान स्थल अति संवेदनशील रहेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेश प्रदेशमा रहेका २ हजार १ सय ६० मतदान स्थलमध्ये सो सङ्ख्याका मतदान स्थल अति संवेदनशील रहेको जानकारी दिइयो ।

मधेश प्रदेशमा प्रतिनिधि सभाका लागि ३२ निर्वाचन क्षेत्र रहेकोमा त्यसमध्ये ७ सय ५५ मतदान स्थल संवेदनशील छन् भने १ सय ५९ मतदान स्थल सामान्य रहेका छन् । मधेश प्रदेशमा कूल मतदान केन्द्र ४ हजार ४ सय ७१ रहेका छन् । अधिकांश मतदान स्थलमा दुई वटा मतदान केन्द्र छन् । अति संवेदनशील मतदान स्थल नेपाल भारतसँग सिमाना जोडिएको ठाउँ र विगतमा विवाद भएको ठाउँ रहेका छन् ।

मधेश प्रदेशमा ३५ लाख १७ हजार १ सय २३ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या १९ लाख ५ हजार ८ सय १९ र महिला मतदाताको सङ्ख्या १६ लाख ११ हजार ३ सय ४ रहेको छ । प्रदेश भरिबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ हजार २८ जना उम्मेदवारहरू रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button