तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक छलफलका लागि समितिमा पठाइयो

'राष्ट्रिय सभाको अर्को बैठक माघ १९ गते बस्ने'

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ।

सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो । 

सभामा विकास आर्थिक मामिला तथा सुशासन समितिको सभापति कमला पन्तले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको छैटौँ प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ पेस गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक माघ १९ गते सोमबार दिउसो १ वजेर १५ मिनेटमा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button