तपाईँ सुन्दै हुनुहुन्छः

यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल

काठमाडौँ। महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ । 

महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अति संवेदनशील र ४१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । महोत्तरीका २५२  मतदानस्थल  संवेदनशील मानिएका छन् । जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ लाई अति संवेदनशील भनिएको छ । स्थानीय प्रशासनले तनहुँका आठ वटा मतदानस्थललाई अति संवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदनशील मानेको छ । 

महोत्तरी  क्षेत्र न-३ र ४ केही मतदानस्थल भारतसँगको सिमाना नजिक छन् । तिनलाई अति संवेदनशीलको सूचीमा समावेश गरिएको छ । क्षेत्र न-१ का ५९ मतदान स्थलमा १३०मतदान केन्द्र  र क्षेत्र न-२ मा ६२ मतदान स्थलमा १३३, क्षेत्र न-३ मा ७७ मतदान स्थलमा १४२ र ४ मा ६० मतदान स्थलमा १३१ मतदान केन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्लो निर्वाचनमा ४९९ मतदान केन्द्र थिए ।

दुई निर्वाचन क्षेत्र कायम भएको तनहुँमा १४४ वटा मतदान स्थलमा ३०९ मतदान केन्द्र रहने छन् । सोलुखुम्बुमा ८५ हजार ५१५ र तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँ क्षेत्र न-१ मा  एक लाख ३६ हजार ११८ र क्षेत्र न-२ मा  एक लाख १८ हजार २७९ मतदाता कायम  छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button