मङ्गलवार अमरगढी नगरपालिकाले दियो सार्वजनिक बिदा
डडेल्धुरा । अमरगढी नगरपालिकाको ३०औँ स्थापना दिवसको अवसरमा नगरले मङ्गलवार (माघ १३ गत) सार्वजनिक बिदा दिएको छ ।
उक्त दिन अमरगढी नगरपालिका तथा मातहतका सम्पुर्ण निकाय,वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य केन्द्र तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा हुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययद्धारा जारी सूचनामा उल्लेख छ ।

यसको नामाकरण नेपालको ऐतिहासिक परिवर्तनको समयसँग जोडिएको छ । राजा रण बहादुर शाहको शासनकाल तथा राजकुमार बहादुर शाहको नायवी कालमा नेपाल एकीकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भू–भागको सु–शासनलाई सुदृढ र विस्तार गर्नका लागि अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए ।
उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा निमार्ण गरेको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।
विसं २०५३साल माघ १३ गतेका दिन साबिकका खलङ्गा गाउँ विकास समिति, उग्रतारा गाउँ विकास समिति, डोटीघटाल गाउँ विकास समिति, शहस्त्रलिङ्ग गाउँ विकास समिति र भूमिराज गाउँ विकास समिति गरि ५ वटा गाउँ विकास समितिको भूगोल र भावनाबाट डडेल्धुरा सदरमुकाममा जिल्लाकै जेठो नगरपालिकाका रुपमा अमरगढी स्थापना भएको हो । यसमा ११ वटा वडाहरू रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्