तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशबाट काँग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर । राष्ट्रियसभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

काँग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी हुनुभएको छ । 

काँग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभयो । 

यसैगरी नेपाली काँग्रेस र नेकपा (एमाले)का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी हुनुभयो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button