राष्ट्रियसभा निर्वाचन: कर्णालीमा एक सय ९१ मत खस्यो

कर्णाली । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जनाले मतदान गर्नुभएको छ ।
कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जना, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले राससलाई जानकारी दिनुभयो ।
उक्त निर्वाचनमा चार जनाले मनोनयन दर्ता गराएका थिए । केहीबेरमा मतगणना थालिने उहाँले बताउनुभयो । अन्य क्लस्टरबाट नेपाली काँग्रेसका ललितजङ्ग शाही र नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्मा तथा महिला क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टीकी अञ्जु महताराले उम्मेदवारी दिनुभएको थियो । रासस







प्रतिक्रिया राख्नुहोस्